काठमाडौं। एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई सस्तो र निश्चित ब्याजदर भएको २४ घण्टाभित्रै स्वीकृत हुने अटो लोन ल्याएको छ ।
एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष व्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर व्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्ष सम्म एउटै व्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबिले बेस्ट रेटमै कर्जा प्रदान गर्दै आइरहेको दाबी गरेको छ। यसरी ग्राहकको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको पनि बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया