राज्यमन्त्री श्रेष्ठ : राजनीति भन्दा व्यवसायी बढी

लोकपथ
294
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेसभित्र र बाहिर आलोचना सुरु भएको छ । तर उनी राजनीतिक तहबाटभन्दा पनि शिक्षा, स्वास्थ्य, जलविद्युत, होटल लगायतको ब्यावसायको कारण बढि परिचित छन् । उनलाई सम्बन्धित विषयमा अनुभवकै आधारमा राज्यमन्त्री बनाइएको कतिपय कांग्रेस नेताहरुको दावी छ ।

२०१२ मा भोजपुरमा जन्मिएका मन्त्री श्रेष्ठ उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए ।

शिक्षा क्षेत्रलाई आफ्नो मुख्य पेसा बनाएर व्यावसायिक रुपमा उनले त्यही क्षेत्रमा ३५ वर्ष काम गरे । यसैबीचमा उनी प्याब्सन र हिसानका केन्द्रीय अध्यक्ष समेत भएर जिम्मेवारी बहन गरे ।

२०७० सालको संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फको सदस्यमा मनोनित भएपछि उनले स्वास्थ्य क्षेत्रमा समेत काम गर्न थाले ।

लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले हाल गैरनाफामूलक जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल प्रालि सञ्चालन गरेका छन् । देशका विभिन्न ठाउँमा यसप्रकारका अस्पतालको चेन बनाएर काम गर्ने उनको प्रमुख उद्देश्य रहेको छ ।

मन्त्री श्रेष्ठ होटल व्यवसायमा पनि संलग्न छन् । उनले धुलिखेल र चितवनमा होटल सञ्चालन गरेका छन् ।

त्यस्तै जलविद्युत् क्षेत्रमा भने उनी लामो समयदेखि नै संलग्न छन् । उनको संलग्नतामा देशको पूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन र केही सञ्चालनकै अवस्थामा रहेका छन् ।

उनी पछिल्लो समय भने राजनीतिमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?