काठमाडौं, १५ चैत – चलचित्र ‘मनाङे नानी’ को फस्ट लूक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।कार्यक्रममा निर्माता तथा निर्देशक सोभित बस्नेतले चलचित्र राम्रो बनेको बताए । साथै उनले फिल्म युनिटले निकै मेहनत गरेर मनाङको तिलिचो ताल वरपर छायांकन गरेको पनि बताए ।
चलचित्रमा भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको सत्तरी प्रतिशत छायांकन मनाङमा गरिएको निर्माण टिमले जानकारी दिएको छ ।साथै चलचित्रमा खुस बहादुर गुरुङको कथा, पटकथा, संगीत र निर्देशन छ ।चलचित्र आउँदो बैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया