काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत क्वार्टर फाइनल चरणका सम्पूर्ण खेल सकिएका छन्।
कुल १० राष्ट्र सम्मिलित यस संस्करणको कोपा अमेरिकामा अब मात्र ४ राष्ट्र बाँकि रहेका छन्। क्वार्टर फाइनल चरणबाट दुई उपाधि दावेदार टोलीहरु बाहिरिए। सन् २०१५ र सन् २०१६ को कोपा विजेता चिले ब्राजिलसँग क्वार्टर फाइनलमा पराजित भयो। त्यस्तै १५ पटक दक्षिण अमेरिकी महादेशको विजेता उरुग्वेलाई कोलम्बियाले अन्तिम ८ बाटै विदाई गरिदियो।
अब कोपा अमेरिकामा मात्र ४ राष्ट्र बाँकि छन्। पहिलो सेमी फाइनल खेलमा साविक विजेता ब्राजिलले गत संस्करणको उप-विजेता पेरूसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अर्को खेलमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोलम्बियासँग आमने सामने हुने तालिका रहेको छ।
कोपा अमेरिका २०२१ को सेमी फाइनल तालिका
जुलाई ६, २०२१
१) ब्राजिलविरुद्ध पेरू
नेपाली समय: बिहान ४:४५
स्थान: निल्टन सान्टोस स्टेडियम, रियो डे जिनेरो, ब्राजिल
जुलाई ७, २०२१
२) अर्जेन्टिनाविरुद्ध कोलम्बिया
नेपाली समय: बिहान ६:४५
स्थान: नेशनल स्टेडियम, ब्राजिलिया, ब्राजिल
अब दुई विश्वविख्यात खेलाडी नेयमार सम्मिलित ब्राजिल र मेस्सी सम्मिलित अर्जेन्टिना यस संस्करणको कोपा अमेरिका फाइनलमा आमने सामने हुने सम्भावना निकै बलियो देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया