काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणका खेलहरू सकिएका छन्।
उत्तरी समूह र दक्षिणी समूह गरी जम्मा १० राष्ट्र सम्मिलित यस संस्करणको कोपा अमेरिकामा दुवै समूहको पुछारमा रहेका टोली बाहिरिएका छन्।

उत्तरी समूहबाट भेनेजुएला ४ खेलमा मात्र २ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ भने दक्षिणी समूहबाट बोलिभियाको कोपा यात्रा समाप्त भएको छ। बोलिभियाले आफ्नो ४ खेलमा बिना कुनै अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको हो।
अब दुवै समूहबाट शीर्ष ४ टोलीले क्वार्टर फाइनल चरणका खेलमा प्रतिस्पर्धा गर्नेछन्। नकआउट चरणको खेल तालिका यस्तो रहेको छ।
जुलाई ३, २०२१
१) पेरूविरुद्ध पाराग्वे

नेपाली समय: बिहान २:४५
स्थान: इस्टाडियो ओलम्पिको पेड्रो लुडोभिको, ब्राजिल
२) ब्राजिलविरुद्ध चिले

नेपाली समय: बिहान ५:४५
स्थान: इस्टाडियो ओलम्पिको निल्टन सान्टोस, रियो डे जेनेरो, ब्राजिल
जुलाई ४, २०२१
१) उरुग्वेविरुद्ध कोलम्बिया

नेपाली समय: बिहान ३:४५
स्थान: इस्टाडियो नेशनल डे ब्राजिलिया, ब्राजिलिया, ब्राजिल
२) अर्जेन्टिनाविरुद्ध इक्वेडर

नेपाली समय: बिहान ६:४५
स्थान: इस्टाडियो ओलम्पिको पेड्रो लुडोभिको, ब्राजिल
त्यसपछि सेमी फाइनल खेलमा ब्राजिल/चिलेको विजेताले पेरु/पाराग्वेको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै उरुग्वे/कोलम्बियाको विजेताले अर्जेन्टिना/इक्वेडरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया