मेस्सीको ३४औं जन्मदिनमा उनका ३४ चाखलाग्दा तथ्यहरु

काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी आज ३४ वर्ष पुगेका छन्।

सन् १९८७ जुन २४ तारीखका दिन जन्मेका मेस्सी विश्वकै उत्कृष्ट मध्येका एक खेलाडी हुन्। ‘मोडर्न डे फुटबल’का लेजेन्ड लियो मेस्सी फुटबल आइकन सहित सेलिब्रिटी पनि हुन्।

मेस्सीको फुटबलिङ्ग करियर उनी १३ वर्षको हुँदा नै शुरु भएको थियो। आफ्नो सानो कद लगायत अन्य धेरै समस्यालाई पार लगाउँदै आजको दिनमा फुटबलका ‘ग्रेटेस्ट’ खेलाडी बन्न सफल मेस्सीका बारे केही रोमाञ्चक जानकारी निम्नलिखित छन्।

 

मेस्सीका बारे ३४ चाखलाग्दा तथ्यहरु

१) उनको जन्म रोजारियो, सान्टा फेमा भएको थियो जहाँ प्रख्यात क्रान्तिकारी ‘चे गुवेभेरा’ पनि जन्मिएका थिए।

२) उनले १३ वर्षको उमेरमा फुटबल खेल्न शुरु गरेका थिए।

३) उनी सानै छँदा उनलाई ‘ग्रोथ हर्मोन डेफिसिएन्सी’ रहेको कुरा पत्ता लागेको थियो।

४) त्यस बावजूद पनि बार्सिलोनाले उनको हस्ताक्षरको लागि उपचारको सम्पूर्ण खर्च बेहोर्न तयार भएको थियो।

५) मेस्सी अर्जेन्टिना राष्ट्रिय फुटबल टोली तथा स्पेनिश क्लब बार्सिलोनाका कप्तान हुन्।

६) मेस्सीले बार्सिलोनाको लागि सन् २००३ नभेम्बर १६ तारीख मा ‘एफसी पोर्टो’विरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।

७) मेस्सीको ‘अफिसियल’ बार्सिलोना डेब्यू सन् २००४ अक्टोबर १३ तारिखमा इस्पान्योलविरुद्धको ‘डर्बी’ खेलमा आएको थियो।

८) उनी सन् २०१४ मार्चमा बार्सिलोना फुटबल क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका थिए।

९) मेस्सीको अर्जेन्टिना डेब्यू मात्र ४५ सेकेन्डको रह्यो। उनले आफ्नो राष्ट्रको लागि खेलेको पहिलो खेलमै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

१०) उनलाई स्पेनको राष्ट्रिय फुटबल टोलीबाट फुटबल खेल्ने मौका बारम्बार आए पनि उनले सो प्रस्तावलाई स्वीकारेनन्।

११) सन् २०१२ मा मेस्सीले एक सिजनमा कीर्तिमानी ९१ गोल गरे। सो सिजन उनले बार्सिलोनाका लागि ७९ गोल गरे भने अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए।

१३) मेस्सी ६ पटक ‘बालोन डे ओर’ जित्ने एक मात्र खेलाडी हुन्।

१४) उनले सन् २००९/१०, २०११/१२, २०१२/१३, २०१६/१७, २०१७/१८ र २०१८/१८ मा ‘छ’ पटक युरोपियन गोल्डेन बुट पनि जितेका छन्।

१५) मेस्सीले सन् २००८ बेइजिङ ओलम्पिकमा अर्जेन्टिनासँग स्वर्ण पदक जितेका थिए।

१६) मेस्सी ‘युनिसेफ गुडविल एम्बेसडर’ पनि हुन्।

१७) मेस्सीले ‘लियो मेस्सी फाउन्डेशन’ चलाउँछन् जसले असहाय बालबालिकालाई खान र बस्न मद्दत प्रदान गरेको छ।

१८) मेस्सीले अहिलेसम्म एउटै क्लब बार्सिलोनाबाट ब्वावसायीक फुटबल खेलेका छन्।

१९) उनले बार्सिलोनाको लागि ७७८ खेल खेलिसकेका छन्।

२०) आफ्नो १८ वर्षे बार्सिलोना करियरमा मेस्सीले ३५ उपाधि जितिसकेका छन्।

२१) उनले आफ्नो करियरमा १० ला-लिगा उपाधि, ४ च्याम्पियन्स लिग उपाधि र ७ कोपा डेल रे उपाधि जितेका छन्।

२२) उनले बार्सिलोना र अर्जेन्टिनाको लागि ५४ ह्याट्रिक गरिसकेका छन्।

२३) मेस्सी ला-लिगामा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी हुन्। उनले बार्सिलोनाको लागि ३६ ह्याट्रिक गोल गरेका छन्।

२४) मेस्सी ला-लिगा इतिहासकै सर्वाधिक गोलकर्ता पनि हुन्। उनले ला-लिगामा ४७४ गोल गरिसकेका छन्।

२५) मेस्सी ला-लिगा इतिहासकै सर्वाधिक असिस्टकर्ता पनि हुन्। उनले ला-लिगामा १९२ असिस्ट प्रदान गरेका छन्।

२६) मेस्सीले बार्सिलोना अण्डर-१४ टोलीबाट खेल्दा उनी निकै शान्त स्वभावका थिए। उनको ‘टिममेट्स’लाई लाग्थ्यो उनी बोल्न सक्दैनन्।

२७) सन् २००९ मा मात्र २२ वर्षको उमेरमा मेस्सीले आफ्नो पहिलो ‘बालोन डे ओर’ उपाधि जितेका थिए।

२८) सन् २००९ मा नै मेस्सी ‘फिफा वेस्ट प्लेयर अफ दी इयर’ पनि घोषित भएका थिए।

२९) मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले अर्जेन्टिनाको लागि १४७ खेलमा ७३ गोल गर्न सफल भएका छन्।

३०) मेस्सी र बार्सिलोना बिचको पहिलो औपचारिक सम्झौता एउटा न्यापकिनमा कलमले लेखिएको थियो।

३१) सन् २०१७ जुन ३० तारीखमा मेस्सीले अन्टोनेल्ला रोकुज्जोसँग विवाह गरे। यसअघि मेस्सी र अन्टोनेल्लाको लामो समयसम्म प्रेम सम्बन्ध रहेको थियो।

३२) मेस्सीका पिता जर्ज मेस्सी स्टीलको कारखानामा काम गर्थे। उनकी आमा सेलीया चुम्बक बनाउने कार्यशालामा कारिगर थिइन्।

३३) मेस्सीका ३ दाजु बहिनी रहेका छन्। मेस्सीका दुई जना दाजुको नाम रोड्रिगो मेस्सी र माटियास मेस्सी हो भने बहिनीको नाम मारिया सोल मेस्सी हो।

३४) मेस्सी र अन्टोनेल्लाका तीन छोरा छन्। सन् २०१२ मा थीयागो, सन् २०१५ मा म्याटियो र सन् २०१८ मा सिरोको जन्म भएको हो।

 

२१औं शताब्दीका सर्वोत्कृष्ट फुटबल खेलाडी मेस्सीले कैयौँ मानिसलाई फुटबल प्रेमी बनाएका छन् भने कैयौँ फुटबल प्रेमीलाई फुटबल खेलाडी। फुटबलका ‘लेजेन्ड’ लियो मेस्सीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?