काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल अन्तर्गत नेपालले केही बेरमा जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली समय अनुसार अहिले बेलुकी ९:४५ बजे कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा खेलिने आजको खेल नेपालको लागि एउटा कठिन परीक्षा हुने अनुमान गरिएको छ।
जोर्डन नेपाल भन्दा बलियो टोली रहेको कुरा उसको फिफा वरियताले नै स्पष्ट बताउँछ। नेपाल फिफा बरियतामा १७१ औं स्थानमा छ भने जोर्डन ९५ औं स्थानमा रहेको छ।

यी दुई टोली बिचको पछिल्ला भेटहरुले पनि जोर्डनको तराजु भारी नै देखाएको छ। फिफा विश्वकप २०१४ को छनोट खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्दा जोर्डनले नेपाललाई घरेलु मैदानमा ९-० गोलले पराजित गरेको थियो।
तर दोस्रो लेगकोे खेलमा नेपालले जोर्डनलाई घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोक्न सफल भएको थियो। सन् २०११ जुलाई २८ तारीखमा दशरथ रंगशालामा खेलिएको खेलमा नेपालका लागि भरत खवासले गोल गरेका थिए। एक दशक अगाडि को त्यो खेलमा वर्षाले नेपालको साथ दिएको थियो।

सन् २०१९ मा फिफा विश्वकप छनोट २०२२ को लागि यी दुई टोली बिच खेलिएको पहिलो लेगकोे खेलमा पनि जोर्डनले नेपाललाई ३-० गोलले पराजित गरेको थियो। नेपालको घरेलु मैदानमा खेलिनु पर्ने आजको खेल कोरोना महामारीका कारण तथष्ठ मैदान कुवेतमा खेलिन लागेको हो।
आजको खेलमा नेपालको लक्ष्य जित नै रहेको कुरा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताई सकेका छन् ।
हिजो (आईतवार) भएको ‘प्रि-म्याच कन्फरेन्स’मा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्ध नेपालको लक्ष्य जित नै रहेको बताएका छन्। “हामीलाई अण्डरडग भनेपनि हामी जितकै लागि खेल्नेछौँ”, उनले भनेका थिए ।
“हरेक खेल ०-० बाट शुरू हुन्छ, र मैदानको प्रदर्शनमा जित निर्भर हुन्छ”, उनले थपे। विश्वकप छनोटको सम्भावना लगभग न्यून रहेको हुँदा नेपालको उद्देश्य एसिया कप रहेको छ। “हाम्रो उद्देश्य एसिया कप हो, र त्यसको लागि जित अपरिहार्य छ”, अल्मुताइरीले जित नै नेपालको लक्ष्य भन्ने प्रष्ट पारेका छन्
आफू भन्दा बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्नु अघिको अन्तिम अभ्यासका क्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू केही यस्तो देखिए,

तस्वीर: एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया