८ लाख डोज चिनियाँ खोप आज नेपाल ल्याइँदै

लोकपथ
70
Shares

काठमाडौं । कोभिड १९ विरुद्धको ८ लाख डोज चिनियाँ खोप आज नेपाल ल्याइँदैछ ।

चीन सरकारले अनुदानमा दिएको खोप आज नेपाल एयरलाइन्सको विमानले काठमाडौं ल्याउने भएको हो ।

गत बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं ल्याइन लागेको हो ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?