पर्वत पुगेर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने- ‘संक्रमितको उपचारमा कमि नहोस्’

RSS
140
Shares

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना संक्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिएका छन् ।

सोमवार गृह जिल्लामा आएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गरे।

जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै उनले आवश्यक निर्देशन समेत दिएका हुन् । उनले

अहिलेसम्मको व्यवस्थापन सन्तोषजनक रहेको बताउँदै महामारी अझै बढ्न सक्ने भएकाले तयारी व्यापक बनाउन आग्रह गरे ।

तिमिल्सिनाले पर्वतको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिएका थिए। उनले महामारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दिर्घकालीन योजनाहरु बनाएर अघि बढ्न आग्रह गरे। तिमिल्सिनाले विकास निर्माणका कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै कोभिडका कारणले काम हुन नसकेर बजेट फ्रिज हुन नदिने बातावरण बनाउन निर्देशन दिए। तिमिल्सिनाले पालिका र सदरमुकाममा बन्ने स्वास्थ्य पूर्वाधाहरुलाई अस्थायी नभई स्थायी प्रकृतिका बनाउन समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिककारी देवी पाण्डे खत्रीले जानकारी दिए।

अध्यक्ष तिमिल्सिनाले निर्माणाधीन पर्वत अस्पताल र आइसोलेसन बोर्डको समेत अवलोकन समेत गरेका थिउ। उनले सबै स्थानीय तह र निकाय एकजुट भएर काम गर्न समेत आग्रह गरे।

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधी उपकरण अभाव भएमा आफुलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गरे। सो अवसरमा समग्र जिल्लाको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराएका थिए भने कोभिड–१९ को व्यवस्थापनको बारेमा स्वास्थ्य कार्यालय पर्वतले जानकारी गराएको थियो ।

पर्वतमा दोस्रो लहरको कोरोना भाइरसबाट एक हजार दुई सय संक्रमित भएकाले छन् भने ४४ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?