काठमाडौं। नेपालमा निकै नै लोकप्रिय मानिने लिगहरुमा ‘इंग्लिश प्रिमियर लिग’, स्पेनिश ‘ला-लिगा’, जर्मन ‘बुन्डेस लिगा’, इटालियन ‘सिरी-ए’ र फ्रेन्च ‘लिग-१’ पर्दछन्।
सन् २०२०/२१ सिजनका यी ५ वटै युरोपियन लिग आईतवार रातिबाट सकिएका छन्। कोरोना महामारीको बिच अधिकतम खेल दर्शक बिना नै आयोजना भएपनि, फुटबल प्रेमीमाझ भने यी लिगको चासो र चाहना रत्तिभर पनि घटेन।
अझै यी सबै लिग हिजो मात्रै समापन हुँदा फुटबल प्रेमीहरु अर्को सिजनको पर्खाइमा बसिसकेका छन्।
यसपाली युरोपका लगभग सबै लिगमा साविक विजेता टोलीहरु पराजित भए। जर्मन ‘बुन्डेस लिगा’ बाहेक अरु लिगमा गत वर्षका विजेता टोलीले उपाधि रक्षा गर्न सकेनन्। फ्रेन्च ‘लिग-१’ र इटालियन ‘सिरी-ए’मा १ दशक पछि क्रमशः लिल र इन्टर मिलानले उपाधि उचाले। ‘इंग्लिश प्रिमियर लिग’मा साविक विजेता लिभरपुललाई पछि पार्दै म्यानचेष्टर सिटीले उपाधि उचाल्यो। त्यस्तै स्पेनिश ‘ला-लिगा’मा एथ्लेटिको मड्रिडले सन् २०१३/१४ पछि पहिलो पटक लिग उपाधि चुम्यो। त्यस्तै यस सिजनमा धेरै कीर्तिमानहरु तोडिए र नयाँ कीर्तिमानहरु रचिए पनि।
कुन लिगमा के भयो त ?
इंग्लिश प्रिमियर लिग
यस सिजनको प्रिमियर लिग उपाधि म्यानचेष्टर सिटीले उचाल्यो। पेप ग्वार्डियोलाको प्रशिक्षणमा रहेको सिटीले गत वर्षको विजेता लिभरपुललाई पछि पार्दै ४ वर्षमा आफ्नो तेस्रो लिग उपाधि जित्यो।

सिटीले उत्कृष्ट फुटबलको नमुना प्रस्तुत गर्दै दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडलाई १२ अंकले पछि पार्दै यस वर्षको उपाधि जितेको हो।
प्रिमियर लिगका केही तथ्याङ्क
शीर्ष ४
१) म्यानचेस्टर सिटी (८६)
२) म्यानचेस्टर युनाइटेड (७४)
३) लिभरपुल (६९)
४) चेल्सी (६७)
सर्वाधिक गोलकर्ता
१) ह्यारी केन (टोटनह्याम, २३)
२) मोहम्मद सालाह (लिभरपुल, २२)
३) ब्रुनो फर्नान्डेज (म्यानचेष्टर युनाइटेड, १८)
सर्वाधिक असिस्ट
१) ह्यारी केन (टोटनह्याम, १४)
२) ब्रुनो फर्नान्डेज (म्यानचेष्टर युनाइटेड, १२)
३) केविन डे ब्राइन (म्यानचेष्टर सिटी, १२)
क्लिन शीट
१) एडरसन मोरायस (म्यानचेष्टर सिटी, १९)
२) एडुवार्ड मेन्डी (चेल्सी, १६)
३) एमिलियानो मार्टिनेज (एस्टन भिल्ला, १५)
ला-लिगा
यस वर्षको ला-लिगा उपाधि एथ्लेटिको मड्रिडले जितेको छ। निकै नै रोमाञ्चक मोडमा पुगेको यस वर्षको स्पेनिश लिगको उपाधि होड अन्तिम चरणको खेलसम्म लम्बिएको थियो। साविक विजेता रियल मड्रिडलाई २ अंकले पछि पार्दै एथ्लेटिको मड्रिडले सन् २०१३/१४ पछि आफ्नो पहिलो लिग उपाधि जित्न सफल भएको हो।

डिएगो सिमियोनेको प्रशिक्षणमा एथ्लेटिकोले रियल मड्रिड र बार्सिलोना जस्ता ठूला प्रतिद्वन्दीलाई पराजित गर्दै यस वर्षको उपाधि चुमेको छ।
ला-लिगा का केही तथ्याङ्क
शीर्ष ४
१) एथ्लेटिको मड्रिड (८६)
२) रियल मड्रिड (८४)
३) बार्सिलोना (७९)
४) सेभिया (७७)
सर्वाधिक गोलकर्ता
१) लियोनल मेस्सी (बार्सिलोना, ३०)
२) करिम बेन्जीमा (रियल मड्रिड, २३)
३) जेरार्ड मोरेनो (भिल्लारियल, २३
सर्वाधिक असिस्ट
१) इयागो आसपास (सेल्टा भिगो, १३)
२) मार्कोस लोरेन्टे (एथ्लेटिको मड्रिड, ११)
३) टोनी क्रुज (रियल मड्रिड, १०)
क्लिन शीट
१) यान ओब्लाक (एथ्लेटिको मड्रिड, १८)
२) थिबाउ कोर्टवा (रियल मड्रिड, १७)
३) बोनो (सेभिया, १५)
सिरी-ए
इटालियन सिरी-एमा यस पटक इन्टर मिलानले बाजी मार्यो। साविक विजेता युभेन्टसको ९ वर्षको लगातार उपाधि यात्रामा इन्टरले पूर्णविराम लगायो।

एन्टनियो कोन्टेको प्रशिक्षणमा इन्टरले १० वर्ष पछि घरेलु लिग उपाधि जितेको हो। सन् २०१०/११ मा जोसे माउरिन्होले अन्तिम पटक इन्टरलाई लिग जिताएका थिए।
सिरी-एका केही तथ्याङ्क
शीर्ष ४
१) इन्टर मिलान (९१)
२) एसी मिलान (७९)
३) एटलान्टा (७८)
४) युभेन्टस (७८)
सर्वाधिक गोलकर्ता
१) क्रिस्टियानो रोनाल्डो (युभेन्टस, २९)
२) रोमेलु लुकाकु (इन्टर मिलान, २४)
३) लुइस मुरिएल (एटलान्टा, २२)
सर्वाधिक असिस्ट
१) रुस्लान मालिनोभसकी (एटलान्टा, १२)
२) रोमेलु लुकाकु (इन्टर मिलान, ११)
३) जुआन कुवाड्राडो (युभेन्टस, १०)
क्लिन शीट
१) डोनारुम्मा (एसी मिलान, १४)
२) हान्डानोभिच (इन्टर मिलान, १४)
३) पेपे रेना (लाजियो, ९)
बुन्डेस लिगा
यस वर्ष पनि जर्मन बुन्डेस लिगाको उपाधि साविक विजेता बायर्न म्युनिकले नै उचाल्यो। लगातार ९औं वर्षमा उपाधि उचाल्दा बायर्नका लागि स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचे। उनले एकै सिजन ४१ गोल गर्दै जर्ड मुलरको ४० गोलको कीर्तिमानलाई तोडे।

त्यस्तै बायर्नले सिजनको अन्त्यमा आफ्नो मुख्य प्रशिक्षक हान्सि फ्लिकसँगै आफ्ना भेट्रान खेलाडीहरु जाभी मार्टिनेज, डाविड अलावा र जेरोम बोवाटेङलाई विदाई गर्यो।
बुन्डेस लिगाका केही तथ्याङ्क
शीर्ष ४
१) बायर्न म्युनिक (७८)
२) आर.बी. लाइपजिग (६५)
३) बोरुसिया डर्टमन्ड (६४)
४) वुल्फ्सबर्ग (६१)
सर्वाधिक गोलकर्ता
१) रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिक, ४१)
२) आन्द्रे सिल्भा (फ्रान्कफर्ट, २८)
३) अरलिङ हाल्यान्ड (बोरुसिया डर्टमन्ड, २७)
सर्वाधिक असिस्ट
१) थोमस मुलर (बायर्न म्युनिक, १८)
२) फिलिप कोस्टिच (फ्रान्कफर्ट, १४)
३) दाइची कमाडा (फ्रान्कफर्ट, १२)
क्लिन शीट
१) पिटर गुलासी (आर.बी. लाइपजिग, १५)
२) कोइन कास्टिल्स (वुल्फ्सबर्ग, १४)
३) स्टेफन मोरेनो (आर्मेनिया बेलेफेल्ड, ११)
लिग-१
फ्रेन्च लिग-१ मा यस पटक अप्रत्याशित दृश्य देखियो। साविक विजेता पीएसजीलाई पराजित गर्दै लिलले यस वर्षको लिग-१ उपाधि उचाल्यो।

सन् २०१०/११ मा अन्तिम पटक उपाधि जितेको लिलले यस वर्ष उत्कृष्ट फुटबलको नमुना पस्कियो। उपाधि होड अन्तिम खेलसम्म आइपुग्दा लिलले साविक विजेता पीएसजीलाई १ अंकले पछि पार्न सफल भएको हो।
लिग १ का केही तथ्याङ्क
शीर्ष ४
१) लिल (८३)
२) पीएसजी (८२)
३) मोनाको (७८)
४) लियोन (७६)
सर्वाधिक गोलकर्ता
१) किलियन एमबाप्पे (पीएसजी, २७)
२) मेम्फिस डिपे (लियोन, २०)
३) बेन येडर (मोनाको, २०)
सर्वाधिक असिस्ट
१) मेम्फिस डिपे (लियोन, १२)
२) दिमित्री पायेट (मार्सेल, १०)
३) जिनेदिन फरहात (नाइम्स, १०)
क्लिन शीट
१) माइक माइगनान (लिल, २१)
२) बेनोई कोस्टिल (बोर्डवा, १४)
३) केलर नाभास (पीएसजी, १४)
युरोपका शीर्ष ५ लिगको चित्र यस वर्ष केही यस्तो देखियो। युरोपियन क्लब फुटबलमा अब ‘मे २६’ तारीख युरोपा लिगको फाइनल खेल हुँदैछ। फाइनल खेलमा इंग्लिश क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियल प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै ‘मे २९’ तारीख युईएफए च्याम्पियन्स लिगको फाइनल खेल हुँदैछ। पोर्टोमा खेलिने उक्त फाइनल खेलमा दुई इंग्लिश टोली म्यानचेष्टर सिटी र चेल्सी प्रतिस्पर्धा गर्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया