चन्द्रकला कार्की /काठमाडौं
नाम : शंकर माझी
उमेर : ४५
समय : साँझ ५:३० बजे
स्थान : भक्तपुर, टिकाथली
दिन बिस्तारै अध्यारोतिर धकेलिँदै थियो । सुनसान सडकमा साँझपख मास्क लगाएर फाट्टफुट्ट पैदल बाहिर निस्किएका । जारी निषेधाज्ञाका कारण २/४ जना मानिसहरू सिवाय अरु केहि देखिँदैन । बेलाबेला १ /२ वटा स्कुटर र बाइक दौडिरहेका देखिन्थे । सडकको कुनामा लामा लामा घाँसहरु र ठेलामा राखेको जुत्ता चप्पलले छेकिएर मानव आकृतिजस्तै तर परबाट मैले भेउ पाईन । नजिकै जाँदा थाहा पाए ।
उनीहरु दिनभरि सटर भित्र थन्किएको ठेला निकालेर साँझको मौका पारेर १/२ जोर भएपनि बिक्री भइहाल्छ कि भन्ने आशामा ठेला गुडाउँदै निस्किएका रहेछन्। निषेधाज्ञाका कारण १४ दिन कोठामै थुनिएर बसेका र फेरि निषेधाज्ञा लम्बिएपछि घरपरिवार र आफ्नो लागि ठेला गुडाउँदै झिनो आशा बोकेर सडकको साइडमा उभिरहेका शंकर माझिको छुट्टै कथा छ।
उनका आँखामा झल्किरहेको थियो समस्याको भारसहितको केहि झिनो आशा । नजिकै गएर प्रश्न गरेँ । उनी रुपन्देही स्थायी घर भई हाल जडिबुटीको नरेफाँटमा बस्दै आएका रहेछन् । उनको दुई छोराछोरी र श्रीमती गरि चार जनाको परिवार छ। निषेधाज्ञाकै कारणले सबै परिवार अहिले घरभित्रै थुनिनु परेको दुख त उनीसँग छदैछ । त्यसैमाथि सरकारले मजदूर वर्गको लागि विशेष व्यवस्था नगरेका कारण उनीहरु करिब करिब विचल्ली हुने अवस्थामा पुगेका छन् । निषेधाज्ञाको समयमा पनि यसरी ठेला लिएर हिँड्नु मेरो रहर होईन । मेरो कुरा नछापिदिनुहोस् ।
उनले दुखेसो गरे ।
छेउमा रहेको काठको मुडामाथि थुचुक्क बस्दै उनी थप्छन्, ‘निषेधाज्ञामा यसरि ठेला धकेल्नु मेरो रहर होईन, १४ दिनसम्म कोठामै थुनिएर बसे खुलिहाल्ला कि भनेर तर फेरि निषेधाज्ञा थपियो काम नै नगरी कोठामा मात्र थुनिएर बस्दा दुई छाक खान मुस्किल पर्छ। थाहा छ यसरी व्यापार गर्न मिल्दैन त्यसैले यता ठेला राखेर बसेको हुँ कोहि पैदल यात्रुहरुले २/४ जोर भएपनि जुत्ताचपपल किनेभने १ छाक टार्न सजिलो हुन्छ। गोदाम नजिकै छ त्यसैले लुकेर यहाँसम्म आइपुगेको हुँ । उनीमाथि पीडाको पहाड छ । चिउँडोमा हात राख्दै फेरि थपे। निषेधाज्ञा अघि श्रीमतीले पनि काम गर्थिन् अहिले बन्द भएको छ छोरी दश कक्षा पढ्दै छिन् उनको पनि एसईई रोकियो पढाई पनि राम्रो भएको छैन।’
उनले छोरासँग मिलेर जग्गा भाडामा लिएर कुखुरापालन र तरकारी खेति पनि गर्दै आएको सुनाए । महिनामा ६० हजारसम्म कमाई गर्न भर्खरै शुरु गरेका उनको भाग्यमा धमिलो देखिएको ठान्छन् उनी । ‘राम्रो व्यापार भएको बेला ठ्याक्कै बन्द भयो । लकडाउनका कारण चल्मलाउन पाईँदैन । जसोतसो चल्दैथियो तर यसरी सबै ठप्प भएपछि कठिन हुने रैछ।’ उनले भने । ‘१४ दिन कोठामै थुनिएर बसे फेरि निषेधाज्ञा थपियो खाने खर्च नै नभएपछि रोगले भन्दा पनि भोकले मर्ने डर हुनथाल्यो र ज्यान जोखिममा राखेर भएपनि ठेला लिएर निस्किएँ । म यसरी ठेला लिएर निस्किँदा भरे कोठा फर्किँदा मैले नै रोग लगेर मेरो परिवारलाई जोखिम होला कि भन्ने डर त मलाई पनि नभएको होइन तर भोलि रोग लागिहाल्यो भने उपचार गर्ने खर्च छैन । भरे के खाने भन्ने समस्यामा भएका हामी बाध्य छौँ । अहिले खाने खर्च छैन । भोलि रोग लाग्ला भन्ने डर भन्दा पनि म मेरो परिवारलाइ भोकभोकै तड्पाएर राख्न त सक्दिन नि नानी । डर त मलाइ पनि लाग्छ नानी रोग लागेका सबैको यस्तो बिजोक सुनिँदै आइरहेको छु त्यसैले सेनिटाइजर राखेको छु प्रत्येक आउने व्यक्तिलाई सेनिटाइजर लगाउन र दुरी कायम गर्न भन्छु । अर्काको घरमा बसेपछि भाडा तिर्नैपर्यो। निषेधाज्ञा बढेपछि भएको खर्च पनि धेरै छ । जान्छ मात्रै आउदैन कतैबाट । दिनभर काम गरेर बेलुका खानेहरुलाइ गार्हो हुन्छ, यस्तो समायमा। पोहोरको लकडाउनमा पनि जम्मा ५० ६० हजार थियो यसरी नै लम्बिँदै गएपछि गोजिमा १०० रुपैयाँ मात्र बाँकि थियो कसरी टार्ने र के गर्ने भन्ने चिन्ता भएको थियो । कमसेकम पोहोर त सरकारले राहत वितरण गरेको थियो मैले त पाईन तर हामी जस्ता धेरैलाई सहयोग भएको थियो।’
दुख पाएको मान्छेले मात्र दुख बुझ्छ भने झै आफूले नपाएपनि अरुले पाएको राहतमा नै खुसि व्यक्त गर्छन् उनी । तर अहिले त्यस्तो केहि कुरा सुनेको छैन । त्यसैले प्रशासनले कुटेपनि मारेपनि चोरेर खान मिलेन आफ्नो पेट त पाल्नैपर्यो । सकेसम्म मिलेसम्म आफैँ गरेर खाउ किन अर्काको चोरेर खाने भन्ने सोचले यो भएको सामान बेच्न निस्केको हो। पहिले लकडाउनमा पनि फाराम भरेका रहेछन्, वडामा जान भनियो । दुईतिन चोटि वडा धाए तर भोलि पर्सि आउँछ भनि राहत नदिई टारिएको रहेछ। कुराकानीकै क्रममा पनि उनका आँखा बाटो हिँड्ने मानिसको आशमा यताउता चहार्थे । कोहि आएर १ जोर भएपनि किनिदिन्छु कि भन्ने आशा हुँदो हो।
उनी दिनहुँ सञ्चारमाध्यममा समाचार हेर्छन् । भन्दैथिए राहत नदिए पनि घरजान चाहनेहरुलाई सरकारले केहि दिन दियो यसपाली । लालाबाला च्यापेर जानुपर्ने दिन आएन । घर जाँदा पुरै परिवार जान पर्यो तर यहाँ कुखुरा कस्ले हेर्दिने भनेर छोडेर जान पनि सकिएन । अहिले यस्तो आपत आईलाग्यो ।
कसैको ऋण खानु नपरोस् भनेर डराइ डराई दुख गरिरहेको र बिक्रि भएसम्म यहि बेचेर अलि अलि खर्च जम्मा गर्ने तर त्यो पनि प्रशासन आएमा भाग्नुपर्ने उनको दुखेसो छ । हुनत शंकरहरुको पसिना चुहाएर ठेलिरहेको यो एउटा ठेला हो । तर त्यसमा पुरै परिवारको गाँस र बास जोडिएको छ । यसरी दैनिक काम गरेर सााझको छाक टार्ने हरेक व्यक्तिहरुलाई रोगभन्दा पनि निषेधाज्ञा कठिन परिरहेको छ।
लेखकबाट थप :
एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या
एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?
‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !
निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्हो छ !’
ए सरकार ! सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ?
महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार
कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ?
तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न !
महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ
निषेधाज्ञामा विद्यार्थीका दुख : काठमाडौंको बसाई न जागिर, न पढाई !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया