काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने भन्दै नेता, कार्यकर्तासँग सल्लाह, सुझाव मागेका छन् ।
अध्यक्ष प्रचण्डले आइतबार साँझ आफ्नो आधिकारिक फेसबुक पेज मार्फत पार्टीको आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचनालाई नयाँ रुपले अगाडी बढाउने भन्दै सार्वजनिक रुपमा सुझाव मागेका हुन् । उनले घाइते, अपांग एवं शहिद परिवार लगायतका नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा पनि नयाँ ढंगले अगाडी बढाउने सोच राखिएको बताएका छन् ।
प्रचण्डले उचित राय, सल्लाह तथा सुझावको अपेक्षा गरेको भन्दै [email protected] इमेल ठेगानामा पठाउन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया