‘तथ्यसँग साक्षात्कार’ गर्दै लोकपथ अझ ‘प्रतिवद्ध’

लोकपथ
0
Shares

रातो र निलो प्रगतिपथको घेराले बनेको उघ्रिएको आँखामा दृष्टि दिने नानीको स्थानमा कलम उभिएको छ । यो कलम सदैव जागा, ताजा तथा सक्रिय रहने छ भन्ने प्रतिवद्धता हो ।

मिथ्या कुरा गर्नेले कसैसँग पनि शिर ठाडो पारी, आँखा जुधाएर कुरा गर्ने आँट गर्न सक्दैन । यसर्थ यो आँखाले जनताका लागि सत्य बोल्छ, तथ्य छर्छ । सत्य, तथ्यको मूल मर्मबाट एक कदम पनि पछाडी नहटी लोकको हीत तथा जीतमा लोकको बाटोमा सदैव जागा अवस्थामा रहने अठोट बोकेको यो आँखाको नाम “लोकपथ” हो ।

जनताका भाषा, जनताकै भाका, जनताका भोक, जनताकै शोक, खुशीयाली, चुनौती, सुशासन, समृद्धि, प्रवास तथा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक प्रगतिपथमा लम्किन, चम्किरहन व्यवस्थालाई सदैव “वाच डग” को भूमीका निभाउनका लागि यस ‘लोकपथ’को यो उघारिएको आँखाले कहिल्यै झिमिक्क पनि गर्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?