काठमाडौँ- चालु आर्थिक वर्षको आठ महिनसम्म शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११९ अर्ब ७० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।
यस अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई ११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी भएर १० अर्ब १८ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया