काठमाडौं । भारतका विभिन्न धार्मिक समारोहका सहभागिता हुने क्रममा भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारमा स्नान गरेका छन् ।
प्रत्येक १२ वर्षमा हुने महाकुम्भ मेलामा सहभागी हुने क्रममा पूर्वराजा ज्ञानेन्द्रले स्नान गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई महाकुम्भ मेलाका अवसरमा आयोजकले विशेष आमन्त्रण गरेका थिए ।
उनलाई पूर्व महाराजाको मानसहित रथबाट जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइएको थियो । स्नानका क्रममा उनको विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो ।
त्यस्तै हरिद्वारको उक्त कार्यक्रमपछि ज्ञानेन्द्रले नयाँ दिल्लिमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । भेटघाटमा भारतका विभिन्न पार्टीका नेताहरुसँगसमेत भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया