लिड्स युनाईटेडको जितमा सिटी स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ । शनिवार भएको खेलमा सिटी लिड्स युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो । खेलको ४२ औं मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।

Image

खेलको ७६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा डालसले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।

जितसँगै लिड्सले ३१ खेलमा ४५ अंक जोडेको छ ।

लिड्स १० औं स्थानमा रहेको छ । सिटी ३२ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?