एल क्लासिको भिडन्त : बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले शानदार जित हात पारेको छ ।

शनिवार राति रियलको घरेलु मैदानमा बार्सिलोनालाई २-१ गोलले पराजित गर्दै शानदार जित हात पारेको हो ।

Real Madrid vs Barcelona 2021 | Clasico: Epic Clasico goes Real Madrid's way - LaLiga Santander

खेलको १३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २८ औं मिनेटमा टोनि क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

Real Madrid vs Barcelona, 2021 El Clasico: Predicted lineups - Managing Madrid

खेलको ६० औ मिनेटमा बार्सिलोनाका ओस्कार मिनगुजाले एक गोल गरे ।

यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

Real Madrid vs Barcelona live online: El Clásico updates, LaLiga - AS.com

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ ।

बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?