फुङलिङ । ताप्लेजुङको तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता खेल आज सम्पन्न भएको छ ।
फुङ्लिङ नगरपालिका, पाथिभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए ।
उनका अनुसार हरेक पालिकाबाट भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो खेलका लागि दुई–दुईवटा विद्यालय छनोट भएका छन् । छनोट प्रतियोगिता जारी रहेको बाँकी छवटा पालिकाको खेल यही चैत ३० गते सम्पन्न हुने पौडेलले जानकारी दिए । त्यस्तै जिल्लास्तरीय प्रतियोगिता भने आगामी वैशाख २ गतेदेखि भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेसमेत उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया