अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार

लोकपथ
0
Shares

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्तमान संसद अनिर्णयको बन्दी बनेको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।
कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको पनि दावी गरे ।
‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर अहिले पुनर्स्थापित संसदले बिजनेश दिन सकेन। सभामुखको भूमिका पनि शंकास्पद रहन गयो’, डा कोइरालाले भने।

कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने पनि प्रष्ट पारे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिलेको नेतृत्वले कार्यकर्ता माथी न्याय गर्न नसकेको र विधान अनुसार पार्टी चलाउन नसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?