संकटाले चुम्यो आहा रारा गोल्डकपको उपाधि

लोकपथ
0
Shares

काठमाडौं । संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि हात पारेको छ ।

पोखरा रंगशालामा शनिवार भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि हात पारेको हो । संकटाले पहिलो पटक आहा राराको उपाधि जितेको हो ।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा संकटाले बाजी मार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?