काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार विपुल पोख्रेल प्यानलसहित विजयी भएका छन् ।
अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो। पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो।
अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन्। महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन्।
रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन्। महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् ।
मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । एशोसिएट सचिव पवन आचार्य बनेका छन्।
कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बनेका छन् ।
यो चुनावमा पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो। १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ।
अन्तिम नतिजाः






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया