लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ? भन्दै माइतीघरमा प्रदर्शन

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

No description available.

शनिवार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन ।

No description available.

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् । तर ति पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले शनिवार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

No description available.

प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ? ’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे) को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजि गरेका थिए । उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

No description available.

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?