नयाँ वर्षमा मोटरहेडले ल्यायो बम्पर ‘अफर’, भारी छुट र आकर्षक उपहारको बहार

काठमाडौं । मोटरहेड ब्राण्डका लागि नेपाली वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०७८ का लागि बजारमा नयाँ अफर ल्याएको छ ।

कम्पनीले यही चैत्र २९ बाट शुरु भएर वि.सं २०७८ वैशाख ३१ सम्मका लागि ‘पावर, पिक अप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर सार्वजनिक गरेको हो ।

नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण मोटरहेडका शोरुमहरुमा लागू हुने यस अफरमा ग्राहकहरुले नगद खरिदमा १२ हजार रुपैयाँ, फाइनान्स खरिदमा ८ हजार रुपैयाँ र एक्सचेन्ज गरेर(साटेर) खरिद गर्दा बजारको मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ । त्यस्तै, गौहकहरुलाई अन्य उपहारको व्यवस्था पनि मिलाइएको कम्पनी बताउँछ ।

नयाँ वर्षको अवसरमा ग्राहकलाई सहुलियतस्वरुप प्रदान गरिएको यस अफर सँगसँगै एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले कम्पनीको सामाजिक दायित्व अनुरुप उक्त अफरभित्र बिक्री भएका मोटरसाइकलहरु मध्ये प्रत्येक मोटरसाइकलबाट एक हजार रुपैयाँ छुट्याएर त्यसलाई एकमुष्ठ रुपमा कुनै सामाजिक संस्थालाई हस्तान्तरण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?