काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । चेम्बरको ७० औं वार्षिक साधारण सभाबाट मल्ल अध्यक्षमा चयन भएका हुन् ।
मल्ल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका थिए । आज शुक्रवार चेम्बरको लाजिम्पाट स्थित सम्पदा गार्डेनमा भएको बन्दसत्रले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै यस अघि चेम्बरका उपाध्यक्ष रहेका कमलेशकुमार अग्रवाल वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
चेम्बरको उपाध्यक्षहरुमा वाणिज्यतर्फबाट दिपक मलहोत्रा, जिल्लाबाट दिपक श्रेष्ठ, उद्योगबाट उर्मिला श्रेष्ठ, बस्तुगतबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागतबाट त्रिभुवन तुलाधर चयन भए ।
यसअघि चेम्बरको सर्वसम्मत रुपमा ५५ सदस्यीय कार्यसमिति सदस्य चयन भैसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया