काठमाडौं । विभिन्न ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) हरुको सरुवा तथा पदस्थापना भएको छ ।
बिहीवार गृह मन्त्रालयले मकवानपुर, नवलपरासी पश्चिम, बैतडी, बाँके, बाजुरा, डोटी, कास्की, रोल्पा, लमजुङका सीडीओ परिवर्तन भएको हो ।
हाल जिल्ला प्रशासन कार्यालय मकवानपुरका सीडीओ गोविन्द प्रसाद रिजाललाई गृहमन्त्रालय तानिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सीडीओ सागरमणि पाठक गृहमन्त्रालय सरुवा भएको छ ।
त्यस्तै जिप्रका बाँकेका सीडीओ राम बहादुर कुरुङवाङ इलाका प्रहरी कार्यालय टिकापुर, कैलाली सरुवा भएको गृहमन्त्रालयले जनाएको छ । भने इलाका प्रशासन कार्यालय कार्यालय टिकापुरका प्रमुख शंकर बहादुर विष्ट जिप्रका बाँके सरुवा भएका छन् ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/Notice_saruwa.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया