स्वास्थ्य मन्त्रालयको १० बुंदे निर्देशन, राति ९ बजेपछि व्यवसाय बन्द

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज १० बुंदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। त्यस्तै मन्त्रालयले बाहिर निस्किंदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको छ । मन्त्रालयले ठूला सहरमा ५ सय र साना सहरहरूमा एक सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ।

यसैगरी धेरै भिडभाड हुने ठाउँहरु शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएको छ।

त्यस्तै कन्ट्रयाक ट्रेसिङ बढाउन तथा केस इन्भेस्टिगेसनका लागि एन्टीजेन्ट तथा आवश्यक्ता अनुसार पीसीआर परीक्षण बढाउनका लागि स्वास्थ्य तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ।

पछिल्ला केहि दिन यता नेपालमा कोरोना संक्रमणको जोखिम थप बढेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलवार (हिजो) नेपालमा २६० संक्रमित थपिएका थिए भने सोमवार २ सय ६६ कोरोना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय परीक्षण भएको र १ हजार ४० को एन्टीजोन परीक्षण गरिएको हो । जसअनुसार पीसीआर परीक्षणबाट २ सय ९८ र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १३२, भक्तपुरमा २६ र ललितपुरमा ५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । तर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या कम रहेका छन् । पछिल्लो २४ घण्टामा जम्मा ७४ जना मात्रै कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?