काठमाडौं । पछिल्ला केहि दिनमा नेपालमा कोरोना संक्रमणको जोखिम थप बढेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि मंगलवार (हिजो) नेपालमा २६० संक्रमित थपिएका थिए भने सोमवार २ सय ६६ कोरोना संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय परीक्षण भएको र १ हजार ४० को एन्टीजोन परीक्षण गरिएको हो । जसअनुसार पीसीआर परीक्षणबाट २ सय ९८ र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १३२, भक्तपुरमा २६ र ललितपुरमा ५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । तर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या कम रहेका छन् । पछिल्लो २४ घण्टामा जम्मा ७४ जना मात्रै कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया