ग्रेट हिमालय क्रिकेट एकेडेमी ए र ओसिस क्रिकेट एकेडेमी क्वाटर फाइनल प्रवेश

काठमाडौं । नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा सञ्चालन भइरहेको नेक्सस कप सिजन ४ को नवौं दिन मंगलवार सम्पन्न भएको पहिलो खेल ग्रेट हिमालय क्रिकेट एकेडेमी ए ले वेस्र्टन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै क्वाटर फाइनल प्रवेश ग-यो भने सोही दिन सम्पन्न दास्रो खेल तिलोत्तमा क्रिकेट एकेडेमीलाई ५० रनले पराजित गरी ओसिस क्रिकेट एकेडेमी पनि क्वाटर फाइनल प्रवेश गरेकोे छ ।

आज सम्पन्न पहिलो खेलमा टस हारेर ब्यटिङको निम्तो पाएको व्यस्ट्रन क्रिकेट एकेडेमीले निर्धारित २० ओेभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रनको योगफल बनाएको थियो । वेस्टर्न क्रिकेट एकेडेमीका ब्याट्सम्यान रञ्जित खड्काले १३ बलमा ४ चौका प्रहार गर्दै १६ रन बनाएका थिए भने अनिस न्यौपानेले १५ रन, अस्फक खान र सन्देश सुनारले समान १४/१४ रन बनाउँदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङतर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी ए का रुपेश यादवले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिदै ३ विकेट लिएका थिए भने अभय मगरले २ विकेट र अभिनय राजवंशी ले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ग्रेट हिमालय क्रिकेट एकेडेमी ए ले १४.५ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाइ ५ विकेटले विजयी भएको थियो । ग्रेट हिमालय क्रिकेट एकेडेमी ए का ब्याट्सम्यान निर्मल मगरले ११ बल खेल्दै २३ रन बनाएका थिए भने निश्चल अमात्य ले १८ रन, रन्जित यादव र सक्षम बास्कोटा ले समान १०/१० बनाएका थिए ।

बलिङतर्फ वेस्टर्न क्रिकेट एकेडेमीका सन्देश सुनुवारले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका थिए । शुवास थारु र निराजन गुप्ताले समान १/१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच ग्रेट हिमालय क्रिकेट एकेडेमी ए का रुपेश यादव घोषित भएका थिए ।
मंगलवार सम्पन्न दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको ओसिस क्रिकेट एकेडेमीले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १०५ रन बनाएको थियो । ओसिस क्रिकेट एकेडेमीका ब्याट्सम्यान आरम्भ तिमिल्सिनाले २४ बल खेल्दै २ छक्का प्रहार गरी २९ रन बनाएका थिए भने संयम नेपालले १६ रन र अनुप गुरागार्इंले १३ रन बनाएका थिए ।

बलिङतर्फ तिलोत्तमाका पुजन भट्टराई र अनुप पाण्डेले समान २/२ विकेट लिएका थिए भने सरोज थापा र सन्दिप यादव ले समान १÷१ विकेट लिएका थिए । जवाफी ब्याटिङमा तिलोत्तमा क्रिकेट एकेडेमी ले १९ ओभर खेल्दै १० विकेट गुमाएर ५५ रन मात्र बनाएकोे थियो । तिलोत्तमा क्रिकेट एकेडेमीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्पm ओसिस क्रिकेट एकेडेमीका आरम्भ तिमिल्सिनाले ४ विकेट, राज कुमार श्रेष्ठले ३ विकेट लिएका थिए भने विशाल सेवा, रोशन पराजुली र संयम नेपाल ले समान १/१ लिएका थिए । खेलका म्यान अफ द म्याच ओसिस क्रिकेट एकेडेमीका आरम्भ तिमिल्सिना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?