सनराइज बैंकको क्यूआरबाट टेम्पो तथा इ-रिक्साको भाडा भुक्तानी गर्न सकिने

काठमाडौं- सनराइज बैंकले विराटनगरको टेम्पो/इ-रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ।

विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले सेवाको शुभारम्भ गरेका हुन् । प्रथम चरणमा ७० वटा टेम्पो/इ-रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ-रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन्।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ।

यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगंज विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार- धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाण्डौं लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?