सन्‌राइज बैंकको नि:शुल्क आँखा शिविर

काठमाडौं- सन्‌राइज बैंक वीरगंज शाखा र लायन्स क्लब वीरगंजले आएम केडियाआई अस्पतालको सहयोगमा विरगंज परसौनीमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुविधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार आर्थिक सहयोग गरेको थियो।

शिविरमा २ सय ५० जनाको आँखा परीक्षण गरेकोमा एक सय जनाको आँखामा समस्या देखिएको थियो । समस्या देखिएका १०० जनाको समेत नि:शुल्क उपचार हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?