काठमाडौं । उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीवारदेखि पानी पठाउन थालिएकामा आज विहानै ५ बजेदेखि पानी वितरण थालिएको जनाएको छ ।
आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने खानेपानीका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उनले भने केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए ।यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया