यस्तो रहनेछ आजको मौसम

लोकपथ
0
Shares

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानीय बुधबार साँझ वर्षा हुँदा मौसम केही खुलेको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?