काठमाडौं । वैकल्पिक सरकार निर्माणमा अन्योल बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् ।
बूढानीलकण्ठस्थित निवासमै गएर भेटेका दाहालले देउवालाई कांग्रेस, माओवादी र जसपा गठबन्धनमा सरकार निर्माण गर्ने विषय राखेका थिए ।
दाहालले यसअघि नै देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए । यसपटक पनि उनले त्यही कुरालाई दोहोर्याएको स्रोतले बतायो ।देउवाले वैकल्पिक सरकार निर्माणका लागि आवश्यक संख्या पुग्ने परिस्थिति नबनेको भनाइ राखेका थिए ।
दाहालसँग देउवाको केही आशंका थिए । फागुन २३ मा अदालतले गरेको निर्णयको विरोधमा मंगलवारै पुनरावलोकनमा गएको प्रति पनि देउवाले आशंका जनाएका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया