खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

RSS
0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसिरहेको छ ।

बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ । उक्त समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो । सोही छलफलपछि नेता खनालको नेतृत्वमा नेपाल र भीम रावलबाहेकका सांसदहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सांसद संसदीय दलको बैठकमा सहभागी भएका थिए ।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष ओली र खनाल र नेपाल समूहबीचको विवाद उत्कर्षमा छ ।

पार्टीका एकता जोगाउन ०७५ जेष्ठ २ कै पार्टी संरचनामा जानुपर्ने खनाल नेपाल पक्षको अडान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?