किर्गिस्तानलाई पराजित गरे नेपाल फाइनलमा !

लोकपथ
0
Shares

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको आफ्नो पहिलो खेलमा नेपालले आज (बिहिवार) किर्गिस्तानसँग भिड्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई देशबीचको खेल साँझ ५:३० बजे शुरु हुनेछ ।

बंगलादेश सम्मिलित प्रतियोगितामा किर्गिस्तानलाई पराजित गरेको खण्डमा नेपाल एक खेल अगावै प्रतियोगिताको फाईनलमा प्रवेश गर्नेछ ।

मंगलवार भएको प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानले बंगलादेशसंग १–० को हार व्यहोरेको थियो ।

किरण चेम्जोङ नेतृत्वको नेपाली टिम किर्गिस्तानविरुद्ध जित निकाल्दै एक खेल अगावै प्रतियोगिताको फाईनल पुग्न चाहन्छ ।

नेपालले आजको खेलमा जित हात पारे किर्गिस्तान प्रतियोगिताबाट बाहिरिने छ । तर पाहुना टोली किर्गिस्तानले जित निकालेको खण्डमा तीनै टोलीको फाईनल सम्भावना रहनेछ ।

नेपालले दोस्रो खेलमा शनिवार बंगलादेशसंग खेल्नेछ ।

राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिम फाईनल पुग्ने समिकरण रहेको छ । फाईनल खेल चैत १६ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?