काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्न आज मंगलवार मोरङको उर्लाबारी जाँदै छन् । लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल जातिका लागि उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सी किनारमा निर्माण गर्न लागिएको एकीकृत बस्ती शिलान्यास गर्न प्रधानमन्त्री आज उर्लाबारी जान लागेका हुन् ।
एकीकृत सन्थाल बस्ती निर्माणको लागि मास्टर प्लान तयार भइसकेको छ । सहरी विकास मन्त्रालयले ३० करोड लागतमा रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण गर्न लागेको हो ।
कार्यक्रमको सबै तयारी पूरा भइसकेको र प्रधानमन्त्री ओलीले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको उर्लाबारी–८ का वडा अध्यक्ष कूलबहादुर कार्कीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया