रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले करिब तीन लाख बराबरको भन्सार छलीका सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाइहरुबाट खटिएको गस्ती टोलीले सोमवार विभिन्न स्थानबाट सो परिमाणका सामानहरु बरामद गरेको हो ।
प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइएको एक लाख अन्ठाउन्न हजार सात सय चालिस बराबरको कपडा, चिनी लगायतका सामानहरुसहित गढीमाई नगरपालिका वडा नं ६ धर्मपुरबाट २ जनालाई नियन्त्तणमा लिएको हो । प्रहरीले गरुडा नगरपालिका वडा नं ५ बस्ने बर्ष २० को अर्जुन सहनी र वडा नं ३ बस्ने बर्ष १९ को सोमन कुमार सहनीलाई नियन्त्रणमा लिएको हो ।
यसै गरी जयनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको पन्ध्र हजार वरावरको २ वटा खसी ईशनाथ नगरपालिका वडा नं ६ पल्टुवा स्थितबाट वेवारीसे अवस्थामा फेला पारेको छ ।
यसैगरी अन्य स्थानहरुबाट एक लाख १७ हजार १६० रुपैयाँ बराबरको सामान बरामद भएको र सबै सामान मंगलवार भन्सार कार्यालय रौतहटमा बुझाइएको छ भने पक्राउ परेका माथि थप कारबाही अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया