एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र साउथह्याम्पटनबीचको खेल बराबरीमा रोकिएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको ३३ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा मासन माउन्टले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा सकिएको हो । साउथह्याम्पटनका ड्यानी इन्ग्सले माउन्टलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।
बराबरीमा खेल सकिएसँगै २५ खेलबाट ४३ अंक जोडेको चेल्सी तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने साउथह्याम्पटन ३० अंकसहित १३ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया