नाओमी ओसाकाले जितिन् २०२१ को अस्ट्रेलियन ओपन टेनिसको उपाधि

काठमाडौं । जापानकी नाओमी ओसाकाले सन् २०२१ को अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन् ।

यससँगै उनी चौथो ग्रान्ड स्लाम हात पार्न सफल भएकी हुन्।

२३ वर्षकी ओसाकाले अमेरिकाकी २२ औँ वरियताकी जेनिफर ब्राडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन्।

ओसाकाले शनिवारको फाइनलमा जेनिफरमाथि ६–४ र ६–३ को जित निकालेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?