ओलीले भने-‘६४ प्रतिशत संसदको प्रतिनिधित्व गरेको हैसियतले प्रतिनिधिसभा विघटन गरेको हुँ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गर्दै उनले उताबाट फर्केर यता आउन आग्रह गरेका छन् ।

विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिलाई भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले पूर्व कानूनमन्त्री शेरबहादुर तमाङलाई दुई चारदिन तानेर राखेको तर अब उनी यता फर्कि सकेको बताए ।

सभामुखले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उनले ३ बजे लगेको निवेदनलाई १० वजे आएको बताउँदै उनले उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीति भाषण गर्दै हिँडेको भन्दै पनि टिप्पणी गरे ।

उनले भने, ‘उपराष्ट्रपति चुनाव गराउने पक्षबाट आउनु भएको छ, अब त चुनाव हुन दिनुस् ।’

६४ प्रतिशत प्रतिनिधिसभाको प्रतिनिधित्व गरे संसद विघटन गरेको बताउँदै उनले संसदीय नकारात्मक तामाशका कारण ताजा जनादेशमा गएको बताए । सर्वोच्च अदालतले कुनै दवावमा कुनै अन्यथा निर्णय लिन्छ भने जस्तो आफूलाई नलागेको उनले बताए । सर्वोच्च अदालतले पनि देशमा भइरहेको विभिन्न सभालाई हेर्दै होला भन्दै उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर मलाई अध्यक्ष चाहियो भनेर पाइदैन, बैंकटमा भोज खाएर कसैले अध्यक्ष बनाइ दिएपछि दंग परेको टिप्पणी गरे ।

निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिन भन्यो तैपनि अध्यक्ष भएर अध्यक्ष बनेर हिडिरहेको टिप्पणी उनले गरे । कहिले सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले आयोगमा गएर सूर्य चिन्ह आफ्नो हो भनि दावी गर्नु भनेको केटीकेटीले पुतलीका लागि झगडा गर्नु जस्तो भएको प्रधानमन्त्री अ‍ोलीले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?