काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले महत्त्वपूर्ण सूचना सुनाउन चाहेको बताएका छन् ।
प्रदेश नम्बर १ को विराटनगरमा आयोजित ओली समूहको विशाल जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले केहि महत्वपूर्ण सूचना सुनाउने बताए ।
‘उनले भने, प्रधानमन्त्रीज्यू विराटनगर आउनुभयो, हामी सबै स्वागत गर्न विमानस्थल गयौँ । सदा झैँ उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झैँ अनुहार थियो तर हामीले भनिहाल्नुभएन, यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया