पीएसजीको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे । मार्सेलीको मैदानमा ९ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

Image

यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । मार्सेली ३३ अंक जोडेर ९ औँ स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?