इतिहासमा आज : भारतका पहिला मुस्लिम राष्ट्रपति जाकिर हुसैनको जन्म

काठमाडौं । ६ मे १९६७ । भारतका तेश्रो राष्ट्रपतिय चुनावको नतिजा आउने क्रममा थियो । प्रधानमन्त्री इन्दिरा गान्धीकोविरुद्धमा पूरा विपक्षी थियो । कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार थिए डाक्टर जाकिर हुसैन ।

विपक्षको तर्फबाट उम्मेद्वार थिए सुब्बाराव । सबै विपक्ष हुसैनविरुद्ध खडा भएको थियो । त्यो बेला भारतमा फरक माहोल बनेको थियो । किनभने त्यो बेला जनसंघको तर्फबाट मुस्लिमलाई देशको राष्ट्रपति स्वीकार्य हुँदैन ।

त्यो दिन राती अल इण्डिया रेडियो प्रशारण रोकियो । राष्ट्रपति चुनावको नतिजा घोषणा गरिँदै थियो । रेडियोमा ८,३८,१७० भोटमा ४,७१, २४४ भोट ल्याएर हुसैन राष्ट्रपतिका लागि चुनिए । सुब्बारावले ३,६३,९७१ भोट ल्याएका थिए ।

त्यो दिन भारतले देशमा पहिलो मुस्लिम राष्ट्रपति पायो । उनै राष्ट्रपतिको आज जन्मदिन हो ।

१८९७ मा आजकै दिन उनको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?