काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आज विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न निर्दैशन दिएको हो ।
प्राकृतिक विपदबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्र बैंकले सम्पर्कविहीन सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ ।
विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गरेको छ ।
विषम परिस्थितिमा ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकता दिन आग्रह गर्दै राष्ट्र बैंकले प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील भएर आवश्यक सहयोगका लागि निरन्तर प्रयास गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया