काठमाडौं । धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ ।
मासटारदेखि धादिङबेँसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।
अनुगमन टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौंका प्रमुख सौजञ्य नेपाल र सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा लगायतको सहभागिता रहेको थियो ।
टोलीले त्रिशूली नदीको किनारै किनार करिब १५ किलोमिटर पैदल यात्रा गरी वैकल्पिक मार्गको पहिचान र सडकको अवस्थाबारे जानकारी लिएको हो ।
उक्त वैकल्पिक सडकमा साना सवारीसाधनहरू आजैदेखि सञ्चालनमा आइसकेका छन् । ठूला तथा मालवाहक सवारीसाधन समेत सञ्चालन गर्न मिल्ने गरी हाल सडक स्तरोन्नति (अपग्रेडिङ) को कार्य तिब्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ ।
सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङबेँसीको यातायात आवागमन थप सहज हुने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया