सिप्रदीको BSVI गाडीसम्बन्धी चालक प्रशिक्षण कार्यक्रम देशभर सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको संयुक्त सहकार्यमा BSVI गाडीको प्रविधिसम्बन्धी ग्राहक प्रशिक्षण तथा सचेतना कार्यक्रम देशभर सम्पन्न भएको छ ।

BSVI प्रविधियुक्त सवारीसाधनको सही प्रयोग, मर्मतसम्भार र आधुनिक प्रविधिबारे चालकको ज्ञान तथा सीप बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा देशभरका ३२ स्थानबाट करिब २ हजार ५ सय चालक सहभागी भएका थिए ।

प्रशिक्षणमा चालकहरूलाई BSVI गाडीमा प्रयोग भएका आधुनिक प्रविधि तथा प्रणाली, गाडी चलाउने सही तरिका, सामान्य मर्मतसम्भार र सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो । साथै, गाडीको कार्यक्षमता र आयु बढाउन चालकले खेल्नुपर्ने भूमिकाबारे पनि प्रशिक्षण दिइएको थियो ।

सिप्रदीका प्रमुख प्रबन्धक–प्रशिक्षण दीपेश पौडेलले आधुनिक प्रविधियुक्त BSVI गाडी प्रभावकारी रूपमा सञ्चालन गर्न चालकको प्राविधिक ज्ञान र सीप आवश्यक रहेको बताए । यस्ता प्रशिक्षणले चालकलाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै गाडी सुरक्षित र सही तरिकाले सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै, सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले ग्राहक र चालकको सन्तुष्टि तथा गाडीको दीर्घकालीन कार्यसम्पादनलाई कम्पनीले प्राथमिकतामा राखेको बताए । BSVI प्रविधिबारे चालकलाई सचेत बनाउने यस्ता कार्यक्रमले गाडीको अधिकतम उपयोग गर्न सहयोग पुग्ने उनले बताए ।

सिप्रदीका अनुसार प्रशिक्षण कार्यक्रमले चालकको प्राविधिक क्षमता बढाउँदै BSVI गाडीको सुरक्षित, प्रभावकारी र दीर्घकालीन सञ्चालनमा सहयोग पुगेको छ । कम्पनीले आगामी दिनमा पनि यस्ता प्रशिक्षण तथा सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?