काठमाडौं । स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया