गोकुल बाँस्कोटाले भने- ‘भोलि चाँही सबै अखबार पढ्ने भँए’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले आज प्रचण्ड नेपाल समूहको आन्दोलनको पारेको असर छापिएको समाचार पढ्ने भन्दै भोली सबै अखबार पढ्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आज (बिहीवार) प्रचण्ड नेपाल पक्षको आमहड्तालाई लिएर के कस्ता बिषयवस्तु समेटेर भोलीका अखबारले छाप्ने हुन् हेर्नका लागि भए पनि पढ्ने जानकारी दिएका हुन् ।

प्रचण्ड नेपाल पक्षको बन्दका क्रममा आम सर्बसाधारणले भोगेका पिडालाई सञ्चारमाध्यामले कतिको प्राथमिकता दिएर प्रकाशन गर्नु पर्ने आशय व्यक्त गरेका छन् ।

उनले मालिकको आदेश अनुसार समाचार तयार हुने भन्दै सञ्चारमाध्याम प्रति व्यङ्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?