काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको चौँथो पूर्ण केन्द्रीय कमिटीको बैठक बसेको छ ।
केहीबेर अघि पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको पूर्वमन्त्री समेत रहेकी प्रचण्ड-नेपाल पक्षकी नेतृ बिना मगरले जानकारी दिइन् ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको थियो ।
संसद विघटनविरुद्ध उक्त समूहले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ । दोस्रो चरणको आन्दोलन सफतापूर्वक सम्पन्न गरेको बताउँदै उक्त समूहले माघ १३ गतेबाट तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया