भारतले आज बजेट ल्याउँदै, पहिलोपटक ट्याबलेटबाट बजेट भाषण गरिने

काठमाडौं । भारतले सोमवार (आज) आर्थिक वर्ष २०२१–२२ को बजेट ल्याउँदैछ ।

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले कागजबिहीन अर्थात ट्याबलेटबाट बजेट भाषण गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रविधिमैत्री बन्दै भारत सरकारले पहिलोपटक पेपरलेस बजेट भाषण गर्न लागेको हो ।

बीसीसी हिन्दीका अनुसार सीतारमण र वित्तराज्यमन्त्री अनुराग ठाकुर केन्द्रीय बजेट पेश गर्नका लागि मन्त्रालय पुगिसकेका छन् । बजेट भाषण हुँदैगर्दा सबै सांसदहरुलाई पनि डिजिटल कपी वितरण गरिएको छ ।

भारत सरकारले कोरोनाबाट थपिएको अर्थतन्त्रलाई पुनर्ताजगी दिनेगरी बजेट ल्याउन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?